विप्लवका जिल्ला इन्चार्जसहित ६ जना पक्राउ


 


रुकुमपूर्व । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इन्चार्ज देवीलाल पुनसहित छ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, हिका बुढा, रामकुमार बुढा, मोहनलाल सार्कीलगायत छन् ।

प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्