सिंगापुरबाट फर्किनासाथ प्रधानमन्त्री ओली एकाएक सक्रिय


 


काठमाडौं, साउन २९

प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका छन्। उपचारका लागि १० दिन सिंगापुर बसेर सोमबार फर्कनेबित्तिकै नेकपा अध्यक्षसमेत रहेका ओली सचिवालय बैठकको तयारीमा जुटेका हुन्। यस क्रममा उनले सचिवालय सदस्यहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग बालुवाटारमा भेटघाट गरेका थिए। उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्