मन्त्री खत्रीलाई पक्रिन अदालतको आदेश


 


काठमाडौं । उच्च अदालत पाटनले कर्णाली प्रदेश सरकारका चौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको छ ।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाबाट सोमबार यस्तो आदेश भएको हो । कृषि विकास बैंक, रत्नपार्क शाखा जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्री खत्रीकै नाम प्रतिवादी कायम भई आएपछि न्यायाधीशद्वय पौडेल र ढुंगानाको संयुक्त इजलासले उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।

खत्रीसँगै अदालतले राजुप्रसाद श्रेष्ठलाई पनि पक्राउ गर्न आदेश दिएको छ । आजको नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले समाचार लेखेका छन् ।

प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्