कतारमा श्रीमानको निधन भएको खबरपछि ५ महिनाकी गर्भवती श्रीमती टीका लिम्बुले पनि छाडिन संसार !


 


धनकुटा लामो समयदेखि कतारलाई कर्मथलो बनाएका धनकुटाका ललित लिम्बुको कतारमा समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा दुखद निधन भ्यो । उक्त दुखद समाचारले उहाँको परिवारहरु अत्यन्तै दुखि थिए तर त्यो दुखि परिवारमा अहिले दुख माथि झन दुख थपिएको छ ।

श्रीमानको कतारमा निधन भ्यो भन्ने खबर ललितकी श्रीमती टीका लिम्बूले सहन नै सकिनिन । श्रीमानको खबरले उनि एति आहत भ्यिन कि उनले आफै यो संसार छाड्ने निर्णय गरिन अनि टीका लिम्बूले झुण्डिएर आत्महत्या गरेको धनकुटा समाजका कतारका महासचिव रविन राना मगरले जानकारी दिनुभयो ।

टीका एक महिना पहिले कतारबाट नेपाल फर्किएको र ललित पनि नेपाल फर्किने तयारीमा हुनुहुन्थ्यो । टीका पाँच महिनाको गर्भवती भएको पनि समाजका महासचिव मगरले बताउनुभयो । कतारमा रहेको धनकुटा सेवा समाजका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्