माधव नेपालले भने – कर्मचारीले नेपाल–भारतको सीमा सम्बन्धी पुराना दस्तावेज लुकाए


 


काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केही कर्मचारीले मुलुकको हित विपरित अरुका लागि काम गर्न सुविधा लिएको आरोप लगाउनुभएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा पूर्वप्रधानमन्त्री नेपालले त्यस्ता शंकास्पद कर्मचारीलाई निगरानीमा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्यस्ता कर्मचारीबाट नेपाल–भारतको सीमा सम्बन्धी पुराना दस्तावेज समेत लुकाइएको आरोप लगाउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले कैलालीमा सीमा मिचिएपछि भएको घटनाबारे चर्चा भएपनि सरकारले सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले सिमा विवाद, विगतमा भएका असमान सन्धि सम्झौता, तटबन्ध, डुबान लगायतका समस्याको समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तराई क्षेत्रमा बर्षेनी हुने डुबान समस्याको सम्बोधन गर्दा भारतले ठूलो आर्थिक दायित्व वहन गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्