आज पनि मेघ गर्जनसहित वर्षाको सम्भावना


 


काठमाडौं, साउन ३०

मौसम पूर्वानुमान महाशाखाले मनसुनकको न्यून चापीय रेखा औसत स्थानमा रहेको जनाएको छ । महाशाखाले हाल देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

आगामी २४ घण्टाको मौसमका सम्बन्धमा जानकारी दिँदै महाशाखाले केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले जनाएको छ । त्यसैले मेघ गर्जन र चट्याङ्गबाट बँच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै चुरेबाट बहने नदिमा पानिको बहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

बिहीबार दिउँसो अधिकांश स्थानमा वदली भई पश्चिम, मध्य तथा पूर्वी पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पश्चिमी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बिहीबार राति देशका धेरैजसो स्थानहरुमा वदली रही केही स्थानमा वर्षा हुनेछ भने पश्चिमी तथा मध्य भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्