पाकिस्तानी प्रधानमन्त्रीले भने – भारतसँग युद्धका लागि तयार छौं


 


एजेन्सी, साउन ३०

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको चेतावनी दिएका छन् । पाकिस्तान प्रशासित एसेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तान युद्धका लागि तयार रहेको चेतावनी दिएका हुन् ।

उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्नको लागि तयारी अवस्थामा रहेको जिकिर गरे । प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै तपाईको इँटको जवाफ पत्थरले दिन्छौं भने ।

मोदीले संविधानको धारा ३ सय ७० खारेज गरेर आफ्नो अन्तिम कार्ड खेलेको उनको भनाइ छ । प्रधानमन्त्री खानले भारतले अन्तिम उपाय प्रयोग गरेकाले कश्मीर अब स्वतन्त्रताको दिशााम जाने दाबी गरे ।

प्रकाशित मिति: ३० श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्