विप्लव समुहद्वारा मुख्यमन्त्री शाहीलाई लक्षित गरी फेरि बम विस्फोट



कालिकोट, ३०साउन— सरकार प्रतिबन्धित पार्टी नेत्रविक्रम चन्द (विप्लव) समुहका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बिहिबार बिहान १० बजे रास्कोटमा फेरि दुई वटा वम विस्फोट गरेका छन् ।

मुख्यमन्त्री शाहीको गृहस्थान कोटिलागाँउबाट रास्कोटको एक कार्यक्रमको उद्घाटन गर्न हिँडेका शाहीलगायत कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी रास्कोटको कृर्षि जेटिय कलेज नजिकै वम विस्फोट गराएका हुन् । तिन सय मिटरको दुरिमा वम विस्फोट गरेको प्रहरिले बताएको छ ।

मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समुहका कार्यकर्ताले दिन दिनै वम विस्फोट गदै आएका छन् । हिजो मात्र पचाल झरना गाउँपालिकाको एक कार्यक्रममा सम्बोधनको बेला दुई वटा वम विस्फोट गराएका थिए । सुरक्षा मजबुत रहेपनि विप्लव समुहले वम विस्फोट गरिरहेका छन् । वम विस्फोटमा मानवीय क्षति भने नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News