कार्यविभाजन टुङ्ग्याउन ओली–प्रचण्ड र बादल बिहानैदेखि गृहकार्यमा



काडमाडौँ । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यविभाजनका सवै काम टुङ्ग्याउन बिहिबार बिहानैदेखि गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सचिवालय सदस्य रामबहादुर थापा बादल सहित अध्यक्षद्वय गृहकार्यमा जुटेका हुन् ।

दिउँसो सचिवालय बैठक बस्नुअघि सबै विभाग, जनवर्गीय संगठन, मञ्च लगायत कार्यविभाजनका बाँकी काम टुंगो लगाउने गरी छलफल भैरहेको बताइएको छ । तर, स्कूल विभागमा भने अहिले पनि अध्यक्षद्वयबीचमा सहमति जुटेको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News