अस्मिता कार्कीलाई रवि लामिछाने समूहले नियन्त्रणमा लिएको खुलासा !



काठमाडौं ३० साउन– नुवाकोटका पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम जोडिएको ओखलढुंगाकी युवती रुकु भनिने अस्मिता कार्कीलाई विवादित कार्यक्रम प्रस्तोता रवि लामिछाने समूहले नियन्त्रणमा राखेको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट आएको महिला सेलको टोलीले कार्कीलाई लामिछाने समूहका मानिसहरुको नियन्त्रणमा रहेका बेला बिहीबार पक्राउ गरी चितवन लगेको छ । ‘लामिछाने समूहले नियन्त्रणमा राखेको अवस्थामा पक्राउ गरेका हौं’, प्रहरीका एक वरिष्ठ अधिकारीले भने, ‘बयानपछि सबै कुरा खुल्छ ।’

आत्महत्याअघि पुडासैनीले रेकर्ड गरेको भिडियो र अडियोमा लामिछाने, कार्की र युवराज कँडेल नामका व्यक्तिले पटकपटक टर्चर दिएका कारण मृत्युको बाटो रोज्न बाध्य भएको बताएका छन् । घटना अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न सक्ने र आफूविरुद्ध बोल्न सक्ने आशंकामा लामिछाने समूहले कार्कीलाई नियन्त्रणको अवस्थामा राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News