पक्राउ नपरेको भए यसो गर्दै थिए रवि लामिछाने, तर प्रहरीले पाएर पक्रियो



काठमाडौं ३० साउन– नुवाकोटका पत्रकार शालीकराम पुडासैनी हत्या प्रकरणमा नाम जोडिएपछि विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने तनावमा थिए ।

लामिछानेले आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासँग’ बाट पटकपटक आफूमाथिको आरोप गलत भएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिँदै आएका थिए । कार्यक्रमको बुधबारको अंकमा लामिछानेले २४ घण्टाभित्र आफूमाथिको अभियोग प्रमाणित नगरे प्रहरीको भण्डाफोर गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । लामिछानेले घटनामा नाम जोडिएकी ओखलढुंगाकी युवती अस्मिता कार्कीलाई एक प्रकारले नियन्त्रणमा लिएर बिहीबारको कार्यक्रममा आफ्नो पक्षमा बोल्न लगाउँने तयारी गरेका थिए । त्यसैका लागि उनको समूहले युवती कार्कीलाई अघोषित नजरबन्दमा राखेको थियो । प्रहरीले युवतीलाई दबाबमा बोल्न लगाएर अनुसन्धान प्रभावित गर्न खोजेको चाल पाएपछि लामिछानेलाई तत्काल पक्रने निर्णय गरेको एक वरिष्ठ अधिकारीले जानकारी दिए ।

पुडासैनीले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको पटकपटकको टर्चरका कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियो र अडियो रेकर्ड छाडेका थिए । मुलुकी अपराध संहितामा आत्मकत्या गर्न बाध्य पार्नेमाथि कारबाहीको स्पष्ट व्यवस्था गरेको छ । रविसहित तीनैजनालाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News