कुमार पौडेल ‘इन्काउण्टर’, किन लुकाइयो गृहमा प्रतिवेदन ?



काठमाडौं ३२ साउन– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनासम्बन्धी प्रतिवेदन संसदीय समितिमा थन्किएको छ ।

गृह मन्त्रालयले प्रतिवेदन तयार पारी एक महिनाअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको थियो । समितिले घटना छानबिन गर्न निर्देशन दिएको थियो । समिति सदस्यलाई २६ असारमा प्रतिवेदन वितरण गरिएको थियो । तर, यसबारे अझै छलफल चलेको छैन । घटना छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले संसद् अवरुद्ध पारेका थिए । प्रतिनिधिसभाले सुवास नेम्बाङको संयोजकत्वमा अध्ययन तथा सुझाव विशेष समिति गठन गरेपछि सदन खुलेको थियो ।

अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News