काँग्रेस छाँया सरकारका गृहमन्त्री चितवनमा, रवि लामिछानेलाई भेटेर के भने ?


 


चितवन,साउन ३२

कांग्रेस नेता तथा छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडुले चितवनका एसपी र सिडयो भेटेर निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् । भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानविन गर्न माग गरे । उनले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाई समेत भेट गरेका छन् । रबिले पनि निश्पक्ष छानबिनमा सहघाउन तयार रहेको बताएको उनले जानकारी दिए ।

शुक्रवार जिल्ला अदालत चितवनले लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो। प्रहरीले १० दिनको म्याद मागेपनि जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको थियो।

बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। पक्राउ गरेपछि बिहिवार राति नै थप अनुसन्धानका लागि उनीहरुलाई चितवन लगिएको थियो।

साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए।

प्रकाशित मिति: ३२ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्