दाहाल–नेपाल ‘सुटुक्क भेट’


 


काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले वान टू वान वार्ता गरेका छन् ।

शनिबार बिहान वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा छलफलका लागि प्रचण्ड पुगेका हुन् ।

भेटवार्तामा नेता झलनाथ खनालले पार्टीभित्र वरीयताको विषयमा राखेको लिखित प्रस्ताव र पार्टीका आन्तरिक विषयमा छलफल भएको स्रोतको भनाइ छ ।

यसअघि, शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका महत्वपूर्ण ३२ विभागको नेतृत्व चयन गरेको थियो । ३२ विभागमध्ये १८ मा पूर्वएमाले र १४ विभागमा पूर्वमाओवादी केन्द्रका नेताहरुले जिम्मेवारी पाएका छन् ।


यस्तै, बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति: ३२ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्