ग्रह र ताराको नाम अब नेपालीमा


 


काठमाडौं । ‘एचडी १००७७७’ र ‘एचएटी–पी–५बी’ कुनै जासुसी ‘कोड’ जस्तै लाग्छन् । तर यी सौर्यमण्डल बाहिर खोजिएका ग्रह र ताराका वैज्ञानिक नाम हुन् ।

अब यस्तै ग्रह र ताराको नेपाली राख्न पाइने भएको छ । अन्तरिक्षमा रहेको एउटा ग्रह ‘एचडी १००७७७बी’ र तारा ‘एचडी १००७७७’ को नेपाली नाम प्रस्ताव गर्न आहवान गरिएको छ ।

प्रस्तावित नाम भदौ १४ गतेभित्र नेपाल एस्ट्रोनोमिकल सोसाइटीमा अनलाइन फर्ममार्फत पेस गर्नुपर्नेछ । सोसाइटीका अनुसार नेपाली नाम राख्ने तारा करिब १७२ प्रकाश वर्ष टाढा छ । यो तारा हाम्रो सूर्यजस्तै छ । सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो ।

यो ताराको एउटा मात्र ग्रह सन २००७ मा पत्ता लागेको छ । नेपालीले नाम प्रस्तावित गर्ने ग्रह हाम्रो सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ ।

यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ । यो ग्रहमा जीवको सम्भावना छैन । यसको चन्द्रमा समेत भेटिएको छैन तर चन्द्रमा भेटिए त्यहाँ जीव हुन सक्ने सोसाइटीले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्