लाईसेन्स जाँच्ने ट्राफिकले धड्कन जाँच्न थालेपछि !


 


काठमाडौं ट्राफिक भन्दा वित्तिक्रै सवारीका विलबुक र लाइसेन्स जाँच्ने काममा खटिएका प्रहरी भन्ने बझिन्छ तर तीनै प्रहरीले मुटुको धड्कन जाँच्न खोजेभने के होला ? कपिलवस्तुमा यस्तै घटना भएको छ ।प्राय जसो लाईसेन्स र विल लिएर चेक गर्ने ट्राफिक प्रहरीले पहिलो पटक अनौठो काम गरेका हो । उनीहरु मेडिकल टिम सहित सडकमा आए । ट्रफिकले मेडिकल टिम समाएर वसे पछी सवै अचम्म परेर हेरेका थिए । कपिलवस्तुको ट्राफिक प्रहरीले पहिलो पटक मेडिकल टिम सहित चेक जाच गरेका छन । मेडिकल टिममा आखाको दृष्टी चेक गर्ने र रक्तचाप चेक गर्ने स्वास्थ्य कर्मि खटिएका थिए ।

उपकरण सहित आएका जिल्ला अस्पताल कपिलवस्तुको टिमले शुक्रवार दिन भर सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।वन्दको वेला जेव्रा क्रसिंग वनाई लोकप्रियता कमाएको कपिलवस्तु ट्राफिकले फेरी नमुना काम गरेको छ । ६२ जना सवारी चालकको दृष्टी परिक्षण र रक्त चापको परिक्षण गरीयो । एक जना चालकलाई चेक गर्न १५ मिनेट भन्दा वढी लाग्ने गर्दछ । अलि समय लाग्ने भएको हो यस किसिमको अभियानलाई मासिक रुपमा निरन्तरता दिन सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक टक्कर स्वारले वताउनुभयो । यस अघी रक्त चाप परीक्षण भए पनी आखाको दृष्टी जाँच गरेको पहिलो पटक हो ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्