किसानका घर, गोठमै पुगेर समस्या बुझ्दै मुख्यमन्त्री पौडेल


 


मकवानपुर गढी । दिनहुँको व्यस्त काम । दलका नेता देखि कार्यकर्ता सम्मको भेटघाट । मन्त्रालयगत कामको रिपोटिङ लिने, निर्देशन दिने भ्याई नभ्याइ । मन्त्रालय र कार्यालयगत कामको समिक्षालाई थाती राख्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल किसानका घरगोठमा पुगेर उनीहरुका समस्या बुझ्न थाल्नु भएको छ । बिशेषगरी बिदाको समय निकाल्दै यसअघि मनहरी गाउँपालिका र हेटौंडा पदमपोखरीका किसानले उत्पादन गरेको तरकारी खेति र पशुपालन हेर्नु भएका मुख्यमन्त्री पौडेल थोरै समय निस्कने बित्तिमै सनिबार मकवानपुर गढीका किसानकहाँ पुग्नुभयो ।

चार घण्टा किसानको गोठमा मुख्यमन्त्री

गढी गाउँपालिका वडानम्बर ३ मक्रान्चुलीका किसानले व्यावसायीक रुपमा गाईपालन गरेको हेर्न चार घण्टा बिताउनुभयो । गढी मक्रान्चुलीका किसानका समस्या बुझ्दै गोठ–गोठमा समेत पुग्नुभयो । किसानले पनि आफ्ना बषौ अघि देखिका समस्या प्रदेश सरकारका मुख्यमन्त्री पौडेल घरमै आएको समयमा निर्धक्कले राख्न भ्याए । सबैजसो किसानको एउटै समस्या थियो दुध उत्पादन लागत महगो भयो, उत्पादन लागत घटाउन प्रदेश सरकारले सहयोग गर्नुप¥यो ।

मुख्यमन्त्री निवासबाट सनिवार दुई बजे गढी निस्कनु भएका पौडेल साँझ ६ बजे सम्म गढी देखि हेटौंडा ६ चौघडा सम्मका किसानका घर, गोठ र बारीमा हेर्न भ्याउनुभयो । उहाँले गढी ३ मक्रान्चुलीका किसान रामप्रसाद दाहाल, नरेन्द्र लंसाल, प्रेमप्रसाद दाहालको गोठमा व्यावसायीक रुपमा पालिएका गाईको अवलोकलन गर्नुभयो । तीनै जना किसानले व्यावसायीक रुपमा गाई पालन गरेर मनग्य आमदानी लिदै आएका छन् । उनीहरुले उन्नत जातको गाई पालन गरेर बाछी समेत हुर्काएर गाईको रुपमा बिकास गरेका छन् ।

मकै, गहुँ, कोदो र तरकारी खेतिगर्ने बारी सबैमा घाँस र केरा खेति गरिएको छ । कोही किसानले गाई पालन गरेका छन् कोहीले बाख्रा अनी कुखुरा । हेटौंडा बजार संग जोडिएको यस गाउँपालिकाका धेरै किसानको रोजाई भने गाईपालननै रहेको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो ।

व्यावसायीक रुपमा गाई पालन गरेका उदाहरणिय तीन किसान

मक्रान्चुलीका रामप्रसाद दाहादलले ३३ वटा गाइ, ३ वटा भैसी पालन गरेर दैनिक एक सय ५० लिटर दुध बिक्री गर्दै आाउनुभएको छ । अहिले धेरैजसो गाई व्याउने भएकाले उहाँले थोरै मात्र दुध भएको बताउनुहुन्छ । त्यस्तै नरेन्द्र लंसालले गाई पालन संगै साना बाछीहरुलाई हुर्काउँदै गाईको संख्या बृद्धी गर्नुभएको छ । यता बषौदेखि गाईपालन गर्नुभएका प्रेमप्रसाद दाहालको गोठमा १८ वटा गाई छन् । मेसिनका माध्यमले दुध दुहुने र दैनिक एक सय ५० लिटर दुध बिक्री गर्दै आउनुभएको छ ।

सबै किसानको एउटै समस्या दुधको उचीत मुल्य नपाएकाले समस्या भोग्नुपरेको बताएका छन् । गाईलाई खुवाउने दाना, ढुटो, चोकर, परालको मुख्य आकासीएको त्यस अनुसार दुधको मुल्य नपाएको उनीहरुको गुनासो छ ।

प्रतिलिटर दुधमा एक रुपैयाँ अनुदान दिन्छौ–मुख्यमन्त्री पौडेल

प्रदेश ३ सरकारले चालु आर्थिक वर्षको साउन महिना देखिबाट किसानले उत्पादन गरेको दुधमा प्रतिलिटर एक रुपैयाँ अनुदान दिने गरी बजेट ल्याएको मुख्यमन्त्री डोरमणि पौडेलले किसानलाई जानकारी गराउनुभयो । दुध र दुग्ध पदार्थमा आत्मनिर्भर बनाउनेगरी सरकारले काम गर्न लागेको समेत बताउनुभयो । किसानका निम्ती के गर्नुप¥यो त्यो आफु गर्न तयार रहेको बताउनुभयो । चिनबाट प्रदेश सरकारले गाई नल्याउने र यहीको गाइपालनमा प्रबिधि भित्रयाएर काम गर्ने उहाँले बताउनुभयो । किसानका निम्ति कुनै न कुनै रुपमा प्रदेश सरकारले काम गर्ने उहाँले बताउनुभयो ।

किसानको व्यावसायीक पशुपालनपछी उहाँले गढी गाउँपालिका कार्यालय, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको पनि अनुगमन गर्नुभयो । अनुगमनमा गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंसाल, समाजसेवी तेजप्रसाद लंसालको पनि सहभागिता रहेको थियो ।

राजनीतिज्ञ चौलागाईले गरेका आधुनिक फूल एवं तरकारी खेती

हेटौंडा ६ चौघडामा नेकपाका नेता बालकृष्ण चौलागाईले आधुनिक रुपमा गर्नुभएको फूल र तरकारी खेतीको मुख्यमन्त्री डोरमणि पौडेलले अनुगमन गर्नुभएको छ । व्यावसायीक रुपमा प्रबिधिको प्रयोग गरेर फूल तथा तरकारी खेती गर्नका लागि नेचुरल भेन्टीलेर ग्रिन हाउसको निर्माण गर्नुभएको छ । यसमा व्यावसायीक रुपमा तरकारी खेती गर्ने योजना रहेको चौलागाईले बताउनुभयो । फूल खेती गरेर चर्चामा आउनुभएका चौलागाईले अव भने फूल संगै तरकारी खेती समेत गर्न लाग्नुभएको हो ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्