रवि लामिछानेविरुद्ध पुडासैनीको श्रीमतीद्वारा उजुरी


 


काठमाडौँ, भदौ १

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानविनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने लगायतका तीन जना विरुद्ध पुडासैनीको श्रीमती सम्झाना घिमिरेले आफै प्रहरी कार्यालयमा उपस्थित भई उजुरी दिनुभएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँमार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्की विरुद्ध किटानी जाहेरी दिएको हो ।

शनिबार श्रीमानको १३ दिने काजकिरिया सकेर आइतबार उजुरी दिएको परिवारले जनाएको छ । सम्झनाले जाहेरीमा आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनिहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहन अन्र्तगत कारवाही गर्न माग गर्नुभएको हो ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्