आँखा चिम्लेर रवि लामिछानेको पक्षमा लाग्ने युवक जाने भए पाँच वर्ष जेल !


 


काठमाडौं, १ भदौ– विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका एक उग्र समर्थकलाई प्रहरीले साइबर अपराधमा पक्राउ गरेको छ ।

लामिछाने पक्राउ प्रकरणलाई लिएर महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीविरुद्ध फेसबुकमार्फत गालीगलौज शंकर विकलाई प्रहरीले अछामबाट पक्राउ गरेको हो । विकलाई मंगलसेनबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ । रविलाई पक्राउ गरेको भन्दै सुवेदीलाई विकले फेसबुकमार्फत भ्रष्टाचारी आरोप लगाएका थिए ।

सुवेदीको तस्वीर राखेर विकले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट’, लेखेका थिए । जिल्ला प्रहरी कार्यालय अछाम प्रहरी प्रमुख जनकबहादुर शाहीले महानगरीय प्रहरी परिसर काठमाडौंको पत्रका आधारमा शनिबार पक्राउ गरी काठमाण्डु पठाइएको जानकारी दिए । ‘काठमाडौं परिसरले पत्र पठाएको थियो’, शाहीले ‘हामीले पक्राउ गरेर काठमाडौं पठाइदिएका छौं ।’ काठमाण्डु प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले विकमाथि साइबर क्राइमअन्तर्गत कारबाही गरिने बताए । साइबर क्राममा पाँच वर्ष जेल सजायको व्यवस्था छ ।

माउण्टेन टेलिभजिनका पत्रकार शालीकराम पुडासैनी प्रकरणमा मुछिएका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाण्डु परिसरको सहयोगमा चितवन प्रहरीले पक्राउ गरी चितवन भरतपुर लगेको थियो । उनीहरु सबै अहिले अदालतको आदेशमा चितवन प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्