सांसद सूर्यनारायण यादवले राजीनामा फिर्ता लिए


 


काठमाडौँ, भदौँ १

प्रतिनिधिसभाका सांसद डा सूर्यनारायण यादवले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। पाठकले साउन २८ गते सभामुख कृष्णबहादुर महरा समक्ष लिखित रुपमा दिएको राजीनामा आइतबार फिर्ता लिएका हुन्।

यादवले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। तर पार्टीको पहलमा आइतबार राजीनामा फिर्ता गरिएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।

तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट सप्तरी १ मा विजय भएका थिए । पेशाले चिकित्सक रहेका यादवले सांसद भएपछि आफ्नो मेडिकल सञ्चालनमा बाधा परेको बताउँदै आएका थिए ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्