पूर्वयुवराज पारसले प्रहरीमाथि हात उठाएपछि



काठमाण्डौँ । पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई) लाई दुव्र्यवहार गरेका हुन् ।

ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्याल्य रानीपोखरीले समेत जानकारी राखेको छ ।

थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भान्जालाई दुव्र्यवहार गरेको भन्दै उनले प्र्रहरीलाई दुव्र्यवहार गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News