विराटनगरमा रथ यात्राको तयारी


 


विराटनगर, भदौ २

विराटनगरमा आगामी भदौ ७ गते निकालिने रथ यात्राको तयारी तीव्र पारिएको छ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा यसपटक प्रदेश सरकारले पुष्पबृष्टिका लागि हेलिकप्टर सहयोग गर्ने भएको छ ।

ऐतिहासिक एव धार्मिक महत्वको राधाकृष्ण रथ यात्राको समयमा रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्प गुच्छा बर्षाइने श्रीराधाकृष्ण मन्दिर समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्