रवि लामिछानेको समर्थनमा झापामा पनि प्रर्दशन


 


झापा । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको समर्थनमा झापामा आज पनि र्याली तथा कोणसभा गरिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा सोमबार झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले र्याली निकालेका हुन् ।

स्वतन्त्र युवा समूह बिर्तामोडको संयोजनमा र्यालीमा सहभागी सर्वसाधरणले पत्रकार रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गरेका थिए । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास व्यक्त गरे । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् ।

सहभागी नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर्र यालीमा उत्रिएका थिए र्। यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाइदैन, विधीको शासन कायम गर, रवि लामिछानेबिना सर्तामा रिहा गर, रवि लामिछाने जिन्दावाद, जस्ता नारा लगाएका थिए ।

प्रकाशित मिति: २ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्