रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्ष घिमिरेले दिए राजीनामा


 


चितवन । रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्षले राजीनामा दिएका छन् । संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले सोमबार राजीनामा दिएका छन् ।

घिमिरेले सोमबार पत्रकार सम्मेलन गरी आफू अब संघर्ष समितिको अध्यक्षमा नरहेको जनाएका छन् । उनले छानविन नै प्रभावित हुने गरी उच्छृंखल गतिविधि हुन थालेकाले अध्यक्षको भूमिकामा नरहने निर्णय लिएको बताए । शान्तिपूर्ण आन्दोलन हुनुपर्नेमा आन्दोलनको मर्मलाई अन्तै मोड्न खोजेको उनको भनाई छ।

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्