आज पश्चिम र मध्य भू–भागमा भारी वर्षाको सम्भावना


 


काठमाडौं, भदौ ३

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको जनाएको छ । साथै भारतको उत्तरप्रदेश तथा हरियाना आसपासमा न्यून चापीय प्रणाली अवस्थित रहेको र यो कमजोर बन्दै गईरहेको महाशाखाको भनाइ छ ।

आगामी २४ घण्टाको मौसमसम्बन्धी विवरण सार्वजनिक गर्दै महाशाखाले देशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । मेघ गर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

त्यस्तै पश्चिम तथा मध्य भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ जसका कारण चुरेबाट बहने खोलाहरुमा आकस्मिक रुपमा बहाव बृद्धि हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

हाल देशभर वदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भईरहेको महाशाखाले जानकारी दिएको छ । मंगलबार दिउँसो देशभर सामान्यतया वदली रही मध्य, पश्चीमी र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । त्यस्तै मंगलबार राति सामान्य वदली रही मध्य, पश्चीमी र पूर्वको केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तै पश्चिमी तथा मध्य भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्