संचारकर्मी रवि लामिछानेलाई थप २० दिन हिरासतमा राख्न माग …


 


काठमाडौँ : जिल्ला प्रहरी कार्यालय चितवनले संचारकर्मी रवि लामिछाने सहित ३ जनालाई २० दिन हिरासतमा राख्न माग गरेको छ ।

पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा मुछिएका लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीमाथि अनुसन्धान पूरा नभएको जनाउँदै चितवन प्रहरीले थप अनुसन्धानका लागि २० दिन हिरासतमा राख्न माग गरेको हो ।

गत बिहिबार साँझ पक्राउ परेका लामिछाने र युवराज कँडेललाई शुक्रबार थुनछेकको बहसपछि अनुसन्धानका लागि अदालतले ५ दिन हिरासतमा राख्न दिएको समयसिमा सोमबार सकिएपछि सरकारी वकिल कार्यालयमार्फत प्रहरीले यस्तो माग गरेको बताइएको छ ।

पुडासैनीको रहस्यमय निधनको विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको ५ दिन बितिसकेको अवस्थामा पुन २० दिन थप गर्नुपर्ने भन्दै सो समय थप्न माग गरिएको हो ।

अब २० दिन हिरासतमा राखेपछि प्रहरीले आरोपितलाई छोड्नुपर्ने वा जेल चलन गर्नुपर्ने व्यवस्था रहेको छ । कुनै पनि अभियुक्तलाई २५ दिन भन्दा बढी हिरासतमा राख्न पाईने छैन ।

चर्चित र गम्भीर प्रकृतिको घटना रहेको हुँदा प्रहरीले यस प्रकरणको संयमित हुँदै अनुसन्धान गरिरहेको छ। यस घटनाको अनुसन्धानकै लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलि चितवनमै छ।

लामिछानेका समर्थकहरूले दिनहुँ जस्तो चितवन सहित देशमा विभिन्न स्थानहरुमा प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्