जैसीको मृत्युबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण



काठमाडौं कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेको भ्याली इन्टिच्युटमा मृत्यु भएका वालकृष्ण जैसीको मृत्युका बारेमा प्रहरीले छानबिन नगरेकोप्रति राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा सांसद श्रेष्ठले भने, ‘सुर्खेत जिल्लाको हरिसुन्दर जैसीका छोरा बालकृष्ण जैसीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी दिँदा पनि प्रहरीले छानबिन गरेको छैन, म यस कुरामा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद श्रेष्ठका अनुसार जैसी कोरियन भाषा सिक्न बसेको भ्याली इन्टिच्युट कीर्तिपुरका सञ्चालकका छोरा हराएपछि जैसीलाई दोष लगाइएको थियो । तर, प्रहरीले पक्राउ गरेर २४ घण्टा अुनसन्धान गर्दा आरोप लगाउने कुनै पनि आधार नभएको जनाएको थियो भने विद्यार्थी जैसी निर्दोष छन् भनेर प्रहरीले छाडेको थियो ।

अनुसन्धानपछि प्रहरीले जैसीलाई गत साउन २७ गते छाडेको थियो । प्रहरीले छाडेको तीन दिनभित्र जैसीको एकाएक मृत्यु भएको थियो ।

जबकि, परिवारले आरोपितको नाम राखेर प्रहरीमा किटानी जाहेरी दिँदा पनि छानविन गरेको छैन । सांसद श्रेष्ठले किटानी जाहेरी परेका व्यक्तिका बारेमा किन छानबिन हुन नसकेको हो भन्ने कुरामा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News