रवि लामिछानेलाई भेटेपछि अपिल त्रिपाठीले लेखे यस्तो स्टाट्स


 


काठमाडौँ । सञ्चारकर्मी अपिल त्रिपाठीले शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछाने र युवराज कडेँललाई भेटेका छन्।

उनले बिहीबार जिप्रका चितवन पुगेर रवीलाई भेटेका थिए। भेटमा रवीले आफूसँग ४ विषयमा कुरा गरेको बताएका छन्। उनले फेसबुकमा स्टाट्स लेख्दै पक्राउ परेपछि रविको आत्मविश्वासमा कुनै कमी नआएको उल्लेख गरेका छन्। उनले भने लेखेका छन्, भेटमा रविले आफूलाई फँसाउन खोजिएको बताए।

उनले भेटका क्रममा त्यहाँको प्रहरी प्रशासन, जिल्ला नेता तथा कार्यकर्तासँग पनि भेट गरेको उल्लेख गरेका छन्। केही तत्वहरु मार्फत पुडासैनीको लाशमाथि लाजनिती गरिएको त्रिपाठीको टिप्पणी छ।

 

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्