अध्यक्ष दाहाल र नेता नेपालबीच दुई घण्टा के कुराकानी भयो ?



काठमाडौं, भदौँ ६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीे र नेता माधव कुमार नेपालबीच देखिएको विवादमा सहमतिको प्रयास सुरु गरेका छन् । उनले आज विहान ललितपुर खुमलटारस्थित निवासमा नेता नेपालसँग सहमति प्रयास गर्दै करिव दुईघन्टा छलफल गरेका हुन् ।

भेटमा नेता नेपालले पार्टीमा राखेको सात बुँदे फरक मत र पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीसँग भएको विवादमा केन्द्रित भएर छलफल भएको बुझिएको छ । छलफलमा नेता नेपालले बरियता घटुवा गरेको र आफ्नो प्रस्तावलाई सचिवालयले बेबास्ता गरेको भन्दै दाहालसँग असन्तुष्टि राखेको बुझिएको छ ।

बिहीबारको सचिवालय बैठकमा अध्यक्ष ओली र नेता नेपालबिच भनाभन भएपछि विवाद थप चुलिएको छ । अध्यक्ष दाहालले भने पार्टीभित्र देखिएका विवाद छलफलवाट टुग्याउन सकिने भन्दै त्यसका लागि आफूले पहल गर्ने आश्वासन दिएका छन् ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले अध्यक्ष ओलीको अनुपस्थितिमा पार्टीका सम्बन्धमा महत्वपूर्ण कार्यकारी निर्णय लिने अधिकार दाहाललाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News