सनी लियोनी र अनुप विक्रम शाही अभिनित ‘पासवोर्ड’को ट्रेलर आउट


 


काठमाडौं । यहि भदौ २७ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘पासवोर्ड’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता अनुप विक्रम शाही, विक्रम जोशी लगाएतलाई एक्शन अवतारमा प्रस्तुत गरिएको छ ।

यो फिल्ममा बलिउड अभिनेत्री सनी लियोनीले पनि आइटम डान्स गरेकी छन् । अभिनेत्री सनीले ‘आजको साम बेबी’ गीतमा आइटम गरेकी हुन् । सीमा गुरुङको कथा रहेको ‘पासवोर्ड’लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

अमृत बस्नेत र हिराल जोशीले निर्माण गरेका यो फिल्ममा सनी लियोनी, अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविन खतिवडा, धिरेन शाक्य, परी राना, विक्रान्त बस्नेत, लिसा सुनार, छुल्ठिम गुरुङ लगाएत कलाकारहरु मुख्य भूमिकामा छन् ।

अर्जुन पोखरेलको संगीत रहेको ‘पासवोर्ड’मा कविराज गहतराज, रामजी लामिछाने र विष्णु देवाको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति: ७ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्