२२ प्रतिशत जनसंख्या अझैं केन्द्रीय विद्युतको पहुँचबाहिर


 


छविलाल बगाले २२ प्रतिशत जनसंख्या अझैं केन्द्रीय प्रणालीको विद्युतको पहुँच बाहिर छन् । सरकारले आगामी तीनबर्ष भित्र सबै नागरिकलाई विद्युतको पहुँचमा ल्याउने योजना बनाइरहँदा पूर्बाधार भने बाधक देखिन्छ । जनताको पहुँचमा विद्युत पु¥याउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्नुपर्ने सरकारको दायित्व हो ।

नेपालमा कुल जनसंख्याको करिब २२ प्रतिशतले अझै राष्ट्रिय ग्रिडको विद्युत प्रयोग गर्न पाएका छैनन् । सरकारले आगामी तीनबर्ष भित्रमा सबै घरमा विद्युत सेवा पु¥याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पु¥याउने लक्ष्य राखेको हो । मुलुकभरका ७ सय ५३ मध्ये हालसम्म २ सय २२ स्थानीय तहमा ९० प्रतिशभन्दा बढी विद्युत पुगेको प्राधिकरणको ठहर छ ।

हालसम्म कुल जनसंख्याको करिब ७८ प्रतिशतमा मात्रै राष्ट्रिय प्रणालीको विद्युत पुगेको छ । आगामी ३ बर्षभित्र सबै स्थानीय तहमा विद्युुतको पुहँच पु¥याउने लक्ष्य पनि सरकारले लिएको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार १ सय १७ स्थानीय तहमा विद्युतीकरण ५ को प्रगति प्रतिशतभन्दा कम छ । यस्तै, ५५ स्थानीय तहमा पाँच देखि ३५ प्रतिशत, १ सय ६ स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत र २ सय ५३ मा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ । प्राधिकरणका अनुसार प्रदेश १ मा ७५.९० प्रतिशत बिद्युतीकरण भएको छ । यस्तै, प्रदेश नं २ मा ७९.७७ प्रतिशत, प्रदेश नं ३ मा ९०.३० प्रतिशत, गण्डकी प्रदेशमा ८७.३९ प्रतिशत, प्रदेश नं ५ मा ८१.०३ प्रतिशत, कर्णाली प्रदेशमा २७.०३ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ५८.९० प्रतिशत विद्युतीकरण भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

पछिल्लो समय मुलुकभित्र जलविद्युत उत्पादनको क्रम बढेसँगै विद्युत प्रसारण तथा वितरणको विस्तार योजनाबद्ध रुपमा अघि बढाउनुपर्ने जरुरी छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले पनि विद्युतीकरण सरकारको योजनामा परेको प्रष्ट पारे । तर विद्युतीकरणका लागि पूर्बाधार भने बाधक देखिन्छ ।
सरकारले योजना सफल बनाउन ग्रीड पु¥याउन सम्भव नहुने स्थानमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु उर्जाको उपयोग गर्न आवश्यक रहेको सरोकारवालाहरुको सुझाव छ ।

प्रकाशित मिति: ८ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्