रवि लामिछाने र युवराज कँडेल किन आज छुटेनन् ? (भिडियाे)सहित


 


काठमाडौं । गत साउन २० गते चितवनको कङ्गारु होटेलमापत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए । सोहीविषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको १० दिनपछि प्रहरीले अनुसन्धान सकाएर यो तीनै जना विरुद्ध दुरुत्साहनको मुद्दा दर्ता गराएको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध दुरुत्साहनको अभियोगमा मुद्दा दर्ता गराएको हो । सोही घटनामा अस्मिता भनिने रुकु कार्कीको वयान लिइएको छ ।

समय अभाव भएपछि लामिछाने र कँडेलको वयान बाँकी छ । बयान सोमबार बिहान कार्यालय समय सुरु भएदेखि नै अदालतमा बयान लिइनेछ । यदि दुवैको बयान सकिएको खण्डमा सोमबार टि ब्रेक अर्थात् १ बजेको समयपछि थुनछेक बहस हुनेछ ।

अब के हुन्छ ?

अनुसन्धानमा सघाउन हेडक्वार्टरबाट खटिएको सिआईबीका एसपी दीपक रेग्मीले आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनाको फरक फरक कसुर देखिएको बताएका छन् ।

सिद्धान्ततः सरकारी वकिलको कार्यालयले त्यो अध्ययन गरिसकेपछि प्रहरीको राय सुझावसहितको प्रतिवेदन स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार रहे पनि सामान्यतया व्यवहारमा प्रहरीकै राय अनुसार कसुर अनुसारको अभियोग लगाएर हदैसम्मको मागदावी गरी अदालतमा मुद्दा दर्ता गर्छ । त्यसपछि बल्ल उनीहरु अभियुक्त हुन्छन् । अब बल्ल अदालती प्रक्रियामा मुद्दा प्रवेश भएइको छ । अब प्रहरीको काम सकियो, बाँकी सब काम अदालतको हुन्छ ।

अदालतमा न्यायाधीशको अगाडि अभियुक्तहरुको बयान भएको छ । प्रहरीकोमा दिएको बयान भन्दा यहाँ दिएको बयानको कानुनी मान्यता हुन्छ । न्यायाधीशले प्रश्न सोध्छन्, अभियुक्तहरुले जवाफ दिन्छन् । त्यसपछि उनीहरुलाई थुनामा राखेर मुद्दा चलाउने कि बाहिर भन्ने थुनछेक बहस हुन्छ । बहस नसकिएसम्म न्यायिक हिरासतमै बस्नुपर्छ ।

प्रकाशित मिति: ८ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्