बेइजिङको नयाँ विमानस्थलमा नेपालको एयरलाइन्स चल्ने



काठमाडौं । चीनको राजधानी बेइजिङमा भर्खरै तयार भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने विमानमध्येमा नेपाल पनि रहेको छ । तासिङ विमानस्थलले सार्वजनिक गरेको पछिल्लो सूचीमा तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्समा नेपालको हिमालयन एयरलाइन्ससहित केन्या र बरुनाइका विमान रहेको उल्लेख छ ।

यसअघि चिनियाँ सञ्चारमाध्यमले काठमाडौँ–बेइजिङ उडान भर्ने नेपाली एयरलाइन्सको नाम खुलाएका थिएनन् । तर, छीनार, सी–ट्रिपलगायत चिनियाँ ट्राभल एजेन्सीले हिमालयन एयरलाइन्सको नाममा अनलाइनमार्फत टिकट बिक्री प्रक्रिया थालिसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News