रवि लामिछानेको बयान आज


 


काठमाडौं । शालिकराम पुडासैनी आत्म $ ह$त्यासम्बन्धी मुद्दा अदालत प्रवेश गरेको छ । आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्म$ह$त्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलविरुद्ध अभियोगपत्र दायर गरेको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा आ$त्मह$त्या गर्न दुरुत्साहन गरेको भन्दै मुद्दा चलाउन सकिने राय दिइएपछि आइतबारनै जिल्ला अदालत चितवनमा कार्की, लामिछाने र कँडेललाई विपक्षी बनाउँदै अभियोगपत्र दायर भएको थियो ।

त्यसलगत्तै प्रहरीले अभियुक्त तीनैजनालाई बयानका लागि जिल्ला अदालत चितवन लगेको थियो । न्यायाधीश हेमन्त रावलको इजलाशमा उनीहरुको बयान लिने क्रम शुरु भए पनि कार्कीको मात्र बयान सकिएको अदालतले जनाएको छ । लामिछाने र कँडेलको बयान भने आज हुनेछ । आज बयान सकिएपछि अदालतले साधारण तारेखमा, धरौटीमा या थुनामा पठाउन सक्नेछ ।

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्