भिडियो कन्फेरेन्समार्फत् आज मन्त्रिपरिषद् बैठक बस्दै


 


काठमाडौं, भदौँ ९

प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्सबाट सामेल हुने गरी आज अपरान्ह १२ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओली अहिले स्वास्थ्य उपचारको लागि सिंगापुरमा रहेका छन् । उनी यहाँ उपस्थित नभएपनि भिडियो कन्फेरेन्सबाट सहभागी हुँदा देशका गर्नैपर्ने नियमित काम भने रोकिने छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सोमबार बिहान भिडियो कन्फेरेन्समा यताबाट सबै मन्त्री सहभागी हुने र उताबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनलल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु गरिएको आइतबार जनाएका थिए ।

 

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्