भदौ १७ देखि नौविसे–नागढुङगा सुरुङमार्गको काम सुरु हुने


 


काठमाडौं । नौविसे–नागढुङ्गा सडक–खण्डमा निर्माण गर्न लागिएको सुरुङमार्गको काम भदौ १७ गतेबाट सुरु हुने भएको छ । तीन वर्ष ६ महिनामा निर्माण सक्ने गरी सरकारले यसै साता जापान सरकारसँग सम्झौता गर्ने तयारी गरेको छ । यसबाहेक सडक विभागले अन्य ११ वटा सडकमा सुरुङमार्ग निर्माणका लागि डिपिआर तयार गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नेपालकै पहिलो सडक सुरुङमार्ग नौविसे नागढुङगा–सडकखण्ड अन्तर्गत बस्नेतछाप नजिकैको दह चोकदेखि–सिस्नेखोलासम्म २ दशमलव ७ किलोमिटर सुरुङमार्ग निर्माणको काम यही भदौ १७ गते बाट शुरु हुने भएको छ । सडक विभागका अनुसार यसैसाता जापानसरकारसँग सझौता भएपछि भदौ १७ गते देखि प्रारम्भिक काम सुरु हुने छ । यो सुरुङ मार्गका लागि जापान सरकारले २२ अर्ब रुपैयाँ लगानी गर्न लागेको छ ।

९ दशमलव ५ मिटर र्चाडाई र १८ फिट उचाईको यो सुरुङमार्ग साढे तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । सम्झौता पछि जापानले भदौ १७ गते बाट विष्फोटक पदार्थ आयात गर्ने र सुरुङ खन्न आवश्यक कर्मचारी र मेशिनल्याउन सुरु गर्ने सडक विभागले जनाएको छ ।

 

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्