नेपालले पनि उत्तर कोरियालीमाथि व्यापक कडाइ गर्दै


 


काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दी कार्यान्वयन गर्न नेपाल अग्रसर देखिएको छ । यससँगै उत्तर कोरियाली नागरिक आफ्नो लगानीमा सञ्चालित कम्पनी बन्द गरी प्योङयाङ फर्किन थालेका छन् ।

राष्ट्रसंघ मुख्यालयले डेढ महिनाअघि नाकाबन्दी पूर्णरूपले कार्यान्वयन गर्न सदस्यराष्ट्रलाई पत्राचार गरेको थियो । त्यसपछि नेपाल उत्तर कोरियाली लगानी बन्द गर्न र उनीहरूलाई फर्काउन दबाबमा परेको हो । सरकारले उनीहरूका गतिविधिमा कडाइ गरेको छ ।

‘उत्तर कोरियालीका गतिविधि सूक्ष्म ढंगले निगरानी भइरहेको छ’, गृह मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘पछिल्लो समय उनीहरूको भिसासमेत नियमित भएको छैन । नेपालमा व्यवसाय गर्दै आएका कतिपय उत्तर कोरियाली फर्किन थालिसकेका छन् ।’शम्भु कट्टेलले आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार लेखेका छन् ।

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्