रविलाई रिहा गर्दा चितवन अदालतका यस्ता शर्त


 


काठमाडौं : टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने जिल्ला अदालत चितवनमा ५ लाख धरौटीमा रिहा हुने भएका छन्। जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले रविसँग ५ लाख र युवराज कँडेलसँग ३ लाख धरौटी मागेको हो ।

यो प्रकरणमा रवि कार्यरत न्युज २४ टेलिभिजनले जबरजस्ती दोषी प्रमाणित गर्न खोजिएको अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी छन्। अर्थात् अस्मिता यो प्रकरणमा निर्दोष सावित भएकी छन्। अदालतको आदेश अनुसार यो प्रकरणमा रवि मुख्य दोषी देखिएका छन्।

उनीसँग अदालतले ५ लाख र युवराजसँग ३ लाख धरौटी मागेकाले यसको पुष्टि हुन्छ। अब रविले प्रहरी हिरासबाट निस्किए पनि यो मुद्दाको अन्तिम किनारा नलागेसम्म् आफुखुसी विदेश जान पाउने छैनन्। विदेश जानुअघि उनले अदालतको लिखित अनुमति लिनुपर्नेछ। त्यस्तै शालिकरामको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दा किनारा नलागेसम्म हरेक महिना अदालतमा तारेख धाउनु पर्नेछ। रविले हिरासतमा रहँदा यदि बाहिर निस्कन पाएमा शालिकरामका दोषी तीन मिनेटमा पत्ता लगाउने बताएका थिए।

तर अदालतको आदेशले अब उनले यो प्रकरणबारे कार्यक्रममा बोल्ने या सार्वजनिक टिप्प्पणी गर्न पाउने छैनन्। अदालतमा विचाराधीन मुद्दा र उनी त्यसका अभियुक्त भएकाले यसबारे उनले आफ्नो च्यानलबाट केही बोल्न नपाउने भएका हुन्। तर उनले चलाइरहेको कार्यक्रम चलाउन भने उनीमाथि रोक लागेको छैन। यो मुद्दामा सोमबार सरकारबाट तीनजना सरकारी वकिलले सोमबार बहस गरेका थिए। यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापाले यसमा बहस गरेका थिए।।

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्