नेकपाले दोस्रो अन्तरपार्टी निर्देशन जारी गर्यो


 


काठमाडौं, भदौँ १३

पार्टी एकताको १५ महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दोस्रो अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपानि जारी गर्नुभएको हो । यसअघि नेकपाले २०७५ जेठ १६ गते अपानि जारी गरेको थियो ।

२ जेठदेखि ५ भदौ २०७६ सम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न र ९ भदौ २०७६ मा अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा अपानि जारी गरिएको नेकपाले जनाएको छ । अपानि जारी गर्दै पार्टी अध्यक्ष प्रचण्डले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने बताउनुभएको छ ।

“यथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गर्नेछौं । र, अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ,” अपानिमा भनिएको छ ।

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्