काँग्रेस केन्द्रीय सदस्यद्धारा शीर्ष नेतृत्वको आलोचना


 


काठमाडौं, भदौ १३

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारले राज्यका सबै अंगमा पार्टीकरण गर्दा पनि मुकदर्शक बनेको भन्दै शीर्ष नेतृत्वको आलोचना गरेका छन् ।

जारी केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले शीर्ष नेतृत्वले सरकारविरुद्ध खबरदारी गर्न नसकेको गुनासो गरेका छन् । उनीहरुले सरकार संस्थागतरुपमै भ्रष्टाचारमा लागेको, राज्यका अंगहरुमा पार्टीकरण गरेको आरोप लगाएका छन् ।

केन्द्रीय सदस्यहरुले सरकारविरुद्धमा जनता आफैं सडकमा उत्रँदासमेत पार्टी नेतृत्वले सत्तालाई दबाब दिने कार्यक्रम अघि सार्न नसकेको भन्दै आलोचना गरेका छन् । केन्द्रीय सदस्यहरुले सेयर कारोबार नसुध्रँदा धेरै सर्वसाधरण मर्कामा परेको, आर्थिकरुपमा मुलुक जर्जर अवस्थामा पुगेको भन्दै आर्थिक विषयसहित समासामयिक राजनीतिका सन्दर्भमा पार्टीले जनतालाई जानकारी दिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्