आज उपत्यकासहित पूर्वी भागमा वर्षा


 


काठमाडौं, भदौँ १४

आज शनिबार देशभरको मौसम सामान्य रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका धेरै जसो भू(भागहरुमा आंसिक देखि सामान्य बदली छ । काठमाडौ उपत्यकासहितका पुर्वी भागमा पानी परिरहेको छ। पुर्वी भु॒भागका केहि स्थानहरु र मध्य र पश्चिमका एकरदुई स्थानमा बेलुकासम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानैदेखि पानी परिरहे पनि दिउँसो मौसम सफा रहनेछ । दिउँसोको समयमा भने केहि स्थानमा मेघ गर्जनरचट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

त्यस्तै रातिको समयमा पनि देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । मध्य र पश्चिमका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्