ट्वीटरकै सीईओको अकाउन्ट ह्याक


 


काठमांडौ,भदौ १४
सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो । यस्ता कतिपय ट्वीट आधा घण्टासम्म उनको ट्वीटर अकाउन्टमा देखिन्थ्यो । तर, पछि ट्वीटरको टिमले डोर्सीको अकाउन्ट रिकभर गरेका थिए । डोर्सीको करिब ४२ लाख फलोअर्स छन् ।

ट्वीटरका अनुसार यस घटनाको जाँच जारी छ । डोर्सीको ह्याक अकान्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ । केही शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको ट्वीटरले जनाएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्