तीजको अघिल्लो दिन आज दर खाईँदै


 


काठमाण्डौँ, भदौँ १५

नारीहरुको महान पर्व तीजको अघिल्लो दिन आज महिलाहरुले दर खाँदैछन् । हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् ।

तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन राति उठेर दर खाने चलन छ । द्वितीयाका दिन राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ । तर, पछिल्लो समय भने दरका नाममा बिकृति भइरहेको देखिन्छ ।

चिकित्सकहरुले दरको नाममा स्वस्थ्यमा असर पर्ने खानेकुरा नखान सुझाव दिएका छन् । साथै निरहार व्रतले पनि फाइदा नगर्ने भएकाले आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर व्रत बस्न चिकित्सकले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: १५ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्