शेरधन राई :– सेवासुविधा घरदैलामा पुरयाइने


 


काठमांडौ १५ भदौ
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीयताको माध्यमबाट पहँुच, सेवा र सुविधा जनताका घरदैलोसम्म पुरयाउने बताए ।

राजधानी युवा क्लबद्वारा विराटनगर महानगरपालिका–३ स्थित मदननगरमा आयोजित कभर्डहल उद्घाटन समारोहमा उनले भने, “हाम्रो बाटो सङ्घीयता हो, यसैको माध्यमबाट विकास र समृद्धि सम्भव छ ।” मुख्यमन्त्री राईले सबैले जुटेर एकसाथ अघि बढ्न सके असम्भव केही पनि नभएको चर्चा गर्दै खेलकूद स्वास्थ्य र राष्ट्रका लागि भएको बताए ।

उनले हामी आफ्नो क्षमता र शक्तिको उच्चतम उपयोग गरेर अघि बढ्नुपर्ने बताउँदै जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगार, बिजुली र गरीबी निवारणका लागि योजनाबद्ध अघि बढ्ने विश्वास व्यक्त गरे । सामाजिक विकासमन्त्री जीवन घिमिरेले खेलकूदको परम्परागत सोच बदल्ने बताए । उनले खेलकूद कामका लागि, अनुसन्धान र शिक्षाका लागि स्थापित गर्न प्रदेश सरकार लागिपरेको कुरामा जोड दिए ।

मन्त्री घिमिरेले खेलकूद स्वास्थ्यका लागि अनिवार्य शर्त रहेको चर्चा गर्दै प्रदेशमा मुख्यमन्त्री अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता गराउने तयारीमा रहेको जानकारी दिए । एक कठ्ठा १७ धुर जग्गामा रु ५० लाख लागतमा निर्माण गरिएको सो कभर्डहलका लागि सामाजिक विकास मन्त्रालयले रु ४५ लाख आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।
–––

प्रकाशित मिति: १५ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्