पोषक तत्वको भण्डार केरा – पायल्स र अल्सर हुनेहरुका लागि उपयोगी


 


एजेन्सी । विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । केराको प्राचिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, जसलाई ‘मुसा’ नामले चिनिन्थ्यो ।

यसको वैज्ञानिक नाम ‘मुसा एकुमिनाटा’ हो । केरा त्यसै पनि खान सकिन्छ या यसलाई सलाद, जुस या सेकका रुपमा खान सकिन्छ । यो विश्वका १ सय देशमा उत्पादन हुन्छ र केराको रुख फाइबर बनाउन प्रयोग गरिन्छ भने फल वाइन बनाउन पनि प्रयोग गरिन्छ ।

पोषक तत्वको भण्डार

यसमा भिटामिन र खनिज प्रुचुर मात्रामा पाइन्छ । यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिनका कारण अन्य फलमध्ये सबैभन्दा उत्कृष्ट फलका रुपमा मानिन्छ । यसमा पोटासियम, म्यांगानिज, म्याग्नेसियम, तामाजस्ता खनिजहरु पनि प्रचुर रुपमा पाइन्छ । यो फाइबर र प्रोटिनको असल स्रोत पनि हो ।

तौल घटाउँछ

केरा तौल घटाउन निकै लाभदायी मानिन्छ । यसमा ९० क्यालोरीमात्र हुन्छ । प्रशस्त मात्रामा फाइबर हुने हुनाले सजिलै पच्छ । यसमा चिल्लो पदार्थ हुँदैंन ।

हड्डी मजबूत पार्छ

फ्रुक्टोलिगोस्याचिराइड हुने भएकाले यसले हड्डी मजबूत पार्छ । यसले पाचनप्रणालीमा असल ब्याक्टेरिया सिर्जना गरी शरीरले खनिज र पोषक तत्व लिने क्षमतालाई मजबूत बनाउँछ । क्याल्सियमजस्ता तत्व लिने क्षमता वृद्धि गृर्छ ।

सुन्निएको निको पार्छ

केरामा ‘एन्टी इन्फ्लामेटोरी’ तत्वहरु हुन्छन् । यसको अर्थ के हो भने यो प्राकृतिक रुपमै सुन्निएको निको पार्छ भने आर्थराइटिस र युरिक एसिडमा लाभदायी हुन्छ । पोषक तत्व नपाएको अवस्था र वृद्ध अवस्थामा यस्ता समस्या देखिन्छ । त्यसैले दैनिक रुपमा केरा खाँदा यस्ता समस्या हट्छन् ।

तौल बढाउन पनि उपयोगी

केरा तौल बढाउन पनि उपयोगी हुन्छ । दूधसंग केरा खानाले तीब्र रुपमा तौल बढ्छ । दूधले आवश्यक प्रोटीन दिन्छ भने केराले चिनीको मात्रा उपलब्ध गराउँछ । यो सजिलै पच्ने भएकाले कम तौल भएको मानिसले दैनिक ५–६ कोसा केरा खानाले करिब ६ सय क्यालोरीसम्म प्राप्त हुन्छ, जसले गर्दा तौल बढ्न मद्धत पुग्छ । यसले शक्ति प्राप्त हुन्छ । खेलाडीले पनि थप उर्जा प्राप्त गर्न ब्रेकका बेला केरा खाने गर्छन्।

पायल्सको समस्या हटाउँछ

यदि दिसा सजिलै नआउने समस्या या पायल्स छ भने केरा यसको सही उपचार हो । केरा सूजनाप्रतिरोधी भएका कारण पायल्सको समस्या हटाउन मद्धत गर्छ ।

कब्जियत हटाउँछ

यसमा फाइबरको मात्रा प्रचुर हुने भएकाले दिसा सजिलै गराउँछ । यसले आन्तरिक पाचन प्रणाली पनि सुधार्छ र कोलोरेक्टल क्यान्सर हुन दिँदैंन ।

अल्सर निको पार्छ

लामो समयदेखि केरा एन्टासिड खाद्यपदार्थको रुपमा प्रयोग हुँदैं आएको छ । यसमा भएका तत्वले पेटका कोषिकाका क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैंन । यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ ।

मिर्गौलामा समस्या निम्तन दिँदैंन

केराले शरीरमा तरल पदार्थको सन्तुलनमा नियमितता ल्याउन मद्धत गर्ने भएकाले मिर्गौलामा समस्या निम्तन दिँदैंन । यसमा भएको एन्टीअक्सिडेन्टले मिर्गौलाले गर्ने काममा सकारात्मक असर गर्छ र विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत गर्छ ।

यसका साथै केरा दृष्टि शक्तिमा फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले पनि मुटुका रोगीलाई फाइदा गर्छ, उच्च रक्तचाप घटाउन मद्धत गर्छ । उच्च आइरन हुने भएकाले रक्तअल्पता हुन दिँदैन ।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्