सीता एयरको जहाज दुर्घटनाबाट बच्यो


 


काठमाडौं,भदौँ १८

लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज उड्दाउड्दै इन्जिन फेल भएपनि चालकले सुरक्षित अवतरण गराएका छन् । सीता एयरको ९ एन–एजेएच जहाजको इन्जिन काठमाडौं आइनपुगी आकाशमै फेल भएपनि त्रिभुवन विमाास्थलमा सफल अवतरण गरेको सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले बताएका छन् ।

बिहान लुक्लाबाट उडेको उक्त जहाज नौं बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । उक्त जहाजमा चालक दलका सदस्य वाहेक कोही यात्रु नभएको विमानस्थल स्रोतले जनाएको छ ।

अहिले जहाज सुरक्षित रहेको र इन्जिन हेरफेर गरेर नियमित संचालन गरिने एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले बताए ।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्