झापामा वडा कार्यालयमै साथीमाथि छुरा प्रहार


 


भद्रपुर, भदौँ १८

झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा साथीमाथि छुरा प्रहार भएको छ । आज बिहान ११ बजे पुरानो रिसइवीका कारण सागर तिम्सिनाले साथीलाई छातीमा छुरा प्रहार गरेका हुन् ।

सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए ।  घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

छुरा प्रहार गर्ने तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्