सुनको मुल्य अहिलेसम्मकै उच्च, हेर्नुहोस् आजको दरभाउ


 


काठमाडौं, भदौँ १८

साताको चौंथो दिन सुनको मुल्य अहिलेसम्मको उच्च बिन्दुमा पुगेको छ ।  मंगलबार ७२ हजार ५ सय मुल्यमा कारोबार भईरहेको छापावाला सुन बुधबार १ हजार बढेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ७३ हजार ५ सयमा कारोवार भईरहेको छ ।  यसै गरी चाँदीको मुल्य पनि ४५ रुपैयाले वृद्धि भएर बुधवार ९ सय ४० रुपैयामा कारोवार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा नै मुल्य वृद्धि भएकाले नेपालमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी महासंघको भनाई छ ।  यो अझ बढ्ने महासंघका अध्यक्ष मोहन कुमार सुनारको भनाई छ ।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्