शारिरीक अस्वस्थ्य भएपनि व्यवसायीमाँझ पुग्दै चन्द्रमाया निरौला (जमुना)


 


दमक , १८ भदौँ । यही भदौँ २० गते हुने झापाको दमक उद्योग वाणिज्य संघको निर्वाचनको महोल निकै तातिएको छ । मतदान हुन दुई दिनमात्र बाँकी रहँदा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारको अन्तिम तयारीमा जुटेका छन् ।

उनीहरु आफ्ना व्यवसायी मतदातासँग मत माग्ने अभियानको अन्तिम चरणमा रहेका छन् । यसैक्रममा संघमा बिमल खतिवडा नेतृत्वको प्रगतिशिल समुहबाट महिला सदस्यको रुपमा उम्मेद्वार रहनुभएकी चन्द्रमाया निरौला (जमुना) हाल शारिरीक रुपमा अस्वस्थ भएपनि व्यवसायी मतदातासँग भोट मागिरहनुभएको छ । उहाँ एक साताअघि दमकमै सडक किनारमा राखिएको बालुवामा मोटरसाईकल चिप्लिएर लड्दा घाईते हुनुभएको थियो । उहाँको खुट्टामा चोट रहेको छ ।

संघमा महिला व्यवसायी र समग्र व्यवसायीको हितमा केही गरेर देखाउने आत्मबलका साथ यस्तो अवस्थामा पनि आफु भोट माग्न हिडिरहेको बताउनुभयो । श्रीमान् र अन्य साथीहरुले पनि सहयोग गरिरहनुभएको छ, उहाँले भन्नुभयो – दमकका समग्र व्यवसायीको समर्थनले उत्साहित छुँ । शारिरीक अस्वस्थ्ताका कारण सबै व्यवसायीसँग पुग्न नसकेको वा भोट माग्ने अभियानका क्रममा भेट नभएको भएपनि आफुलाई मत दिई व्यवसायीको हितमा काम गर्ने जिम्मेवारी दिन उहाँले सबै मतदातासँग आग्रह गर्नुभएको छ ।

बिसं.२०४४ साल साउन २७ गते मोरङको रतुवामाई नगरपालिका (साबिक सिजुवा) मा जन्म भई हाल दमक नगरपालिका – २ स्थित नयाँ आम्दा छेउमा बस्दै आउनुभएकी चन्द्रमाया निरौला (जमुना) ले २०६६ सालदेखी मोवायल पसल र मोवायलको होलसेल पार्टसको पसलबाट व्यवसायिक यात्रा सुरु गर्नु भएको हो ।

युवाहरुबीच नेतृत्वदायी भुमिका खेल्न सक्ने उहाँ स्वर्णलक्ष्मी साकोसको कोषाध्यक्ष,झापा जिल्ला योग समितीको कोषाध्यक्ष, रोटरी क्लब, दमक मोबायल एशोसिएसन लगायतका संघसंस्थामा आबद्ध हुनुहुन्छ । दमकका बिभिन्न सामाजिक संघसंस्थामा उहाँले खेलेको भूमिका र कामले पनि अहिले संघको महिला सदस्यमा उहाँको चर्चा चुलिएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्