आमाले गाली गरे पछि छोराले पोखरीमा हाम्फालेर आत्महत्या गरे


 


सप्तरी १८ भदौ
राजविराज नगरपालिका–६ का ३० वर्षीय अरुण मुखियाले पोखरीमा हामफालेर आत्महत्या गरेका छन् । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मादक पदार्थमा सेवन गरेर घर आएपछि उनलाई आमाले सामान्य गालीगलौज गरेको रिसमा पोखरीमा हामफालेर आत्महत्या गरेका हुन् ।

उनकी २८ वर्षीया श्रीमती पुनमदेवी मुखियाले प्रहरीलाई फोनमार्फत जानकारी गराएपछि प्रहरीले खोजतलास गरी आज बिहान शव निकालेको प्रनाउ मिश्रले बताए । अहिले उनको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्